Wednesday, December 23, 2015

यो भारतको आदेश कति मान्ने ? लोकमान को हो ? राजा हो ?’ भन्दै प्रचण्ड ओलीसँग पड्किए पछि…

काठमाण्डु, ८ पुस– ‘यो भारतको आदेश कति दिन मान्ने ? लोकमान को हो ? राजा हो ? ऊ सुपर क्याबिनेट र हामीचाहिँ मिनी क्याबिनेट हो ? सार्वभौम राष्ट्र होइनौँ हामी ? सबैतिर अस्तव्यस्त बनाएर अर्को खिलराज जन्माउने तयारी हुँदैछ यहाँ ।’ बिहीबार राति बालुवाटार पुगेका प्रचण्ड आधा घण्टासम्म पहिलो तलामा प्रधानमन्त्रीसँग यसरी पड्किए ।

भन्दै थिए,‘ लोकमानले भारतको आदेशअनुसार निर्णय गर्ने अनि हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने ? लौ, त्यसको पत्रलाई पाँच दिन थन्क्याऊँ र एक हप्तासम्म केही निर्णय नगरी बसौँ ।’ एकछिनपछि त्यहाँ झुल्किएका सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई, ‘मेरो पिएमसँग कुरा भइसक्यो, अब तपाईँ आफ्नो भनाइ राख्नुस्,’ भन्दै प्रचण्ड त्यहाँबाट निस्किएका थिए ।

संयोगवश त्यही दिन अख्तियारले भ्रष्टाचारको अभियोगमा कोषराजलाई कारबाही गर्न सरकारलाई पत्र पठाइएको थियो । त्यही विषयमा छलफल गर्न दुई कम्युनिस्ट घटकका अध्यक्षहरू जुटेका हुन् । गृहमन्त्री शक्ति बस्नेतकै सामु प्रचण्डले केपी ओलीलाई गरेको ब्रिफिङअनुसार मधेस आन्दोलन चर्किएको यही मौका छोपेर फौजको मनोबल गिराउने र बाबुराम या लोकमानलाई सत्तामा हावी गराउने दक्षिणी ग्रान्ड डिजाइनअन्तर्गत हठात निर्णय गरिएको हो । जनआस्था साप्ताहिकबाट

No comments:

Post a Comment