Wednesday, December 23, 2015

सीमांकनमा हेरफेर हुन्छ, मधेसमा दुईदेखि तीन प्रदेश बन्नेछन् : विमलेन्द्र निधि

मधेसी मोर्चाको मागप्रति काँग्रेस सकारात्मक 
विराटनगर, ८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मुलुकको समस्या समाधानका लागि काँग्रेसले ठोस रुपमा पहल गरिरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे मागबारे काँग्रेस सकारात्मक रहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सीमाङ्कनमा हेरफेर हुनसक्ने उल्लेख गर्दै मधेसमा दुई वा तीन प्रदेश काँग्रेसको आधिकारिक धारणा रहेको जानकारी गराउनुभयो । उहाँले संविधान संशोधन विधेयक संसद्बाट पारित भएपछि जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र र राज्यको हरेक निकायमा समानुपातिक सहभागिताको मधेसी मोर्चाको माग पूरा हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सदनमा प्रस्तुत विधेयकको भाषामा मोर्चाको चित्त नबुझेको भए भाषा मिलाउन सकिने स्पष्ट पार्नुभयो ।
पार्टी तेह्रौँ महाधिवेशनको तयारीमा जुटेको उल्लेख गर्दै नेता निधिले वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिमा उठ्नका लागि जुटिसक्नुभएको र आफू पार्टी महामन्त्रीमा उठ्ने पनि सङ्केत गर्नुभयो । रासस
-dainik nepal

No comments:

Post a Comment