|
|
बैठकमा भारतीय अघोषित नाकाबन्दी र आपूर्ति व्यवस्था सहज बनाउने विषयमा छलफल हुनेछ ।
मन्त्रिपरिषद बैठक एक बजे सिंहदरबारमा बस्नेछ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले आजै मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । अकस्मात अर्को निर्णय नभए राप्रपा र परिवार दलका तर्फबाट तीन जनाले पद तथा गोपनीयताको शपथ लिने छन् ।
राप्रपाबाट बिक्रम पाण्डे, जयन्त चन्द र दीपक बोहराको नाम चर्चामा छ । परिवार दलबाट एकनाथ ढकाल मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
त्यसै गरी सांसद प्रेमबहादुर सिंह पनि मन्त्री बन्दै हुनुहुन्छ । मन्त्री बन्ने पक्क भए पनि कसले कुन मन्त्रालय पाउने केही जनाइएको छैन । शपथ पाँच बजे राष्ट्रपति कार्यालयमा हुनेछ ।
बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद विस्तारको तयारीमा प्रधानमन्त्री ओली रहनु भएको जनाएको छ । तर आजै वा कहिले विस्तार गर्ने त्यस विषयमा प्रधानमन्त्रीले जानकारी नदिएको स्रोतले जनायो ।
-दैनिक नेपाल
|
|
No comments:
Post a Comment