Sunday, December 6, 2015

सुनौली नाकामा धर्ना दिन खोज्दा समातिए

भैरहवा, २० मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार नेता र दुई कार्यकर्तालाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।

नेपाल-भारत सीमामा पर्ने भैरहवाको बेलहिया नाकामा धर्ना दिन आएका चार नेतासहित ६ जनालाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) र तमसपाका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादव रहेका छन् ।
एसपी गुरुङका अनुसार धर्ना दिन बसेका कार्यकर्ताहरु गणेश पाल र राजकुमार सिंह पनि पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा राखिएको छ ।npkhabar.net

No comments:

Post a Comment