Monday, January 4, 2016

प्रचण्ड भन्छन्- राष्ट्रिय एकता गर्ने मधेसी नै देशको सच्चा मधेसी हुन्

मधेसी र थारूको माग सम्बोधनमा पहल गरिरहेको जिकिर 
महोत्तरी, २० पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता गर्ने मधेसीहरु नै देशको सच्चा मधेसी हुने बताउनुभएको छ ।

दुई नम्बर प्रदेशको दुईदिने बैठकमा सहभागी हुन महोत्तरीको बर्दिवास आउनुभएका अध्यक्ष दाहालले पत्रकारको भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । “मधेसवादी दलले जति छिटो नाकाबन्दी खोल्छ त्यति छिटो नै उहाँहरुलाई देशका जनताले राष्ट्रिय नेता भन्ने छन्”, उच्च राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका दाहालले भन्नुभयो, ‘‘सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनकारी पक्षबीच आइतबार साँझ भएको वार्ता सकारात्मक र उपलब्धिमूलक भएको छ । अब छिटै मुलुकले निकास पाउँछ ।’’

एकीकृत नेकपा (माओवादी)ले आन्दोलनकारी र सत्ता पक्षबीच पुलको काम गरिरहेको बताउँदै उहाँले एमाओवादी सरकारमा गएदेखि नै मधेसी, थारूलगायतको समस्या समाधान गर्न निरन्तर पहल र प्रयासरत रहेकोे जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले संसद्मा दर्ता भएका दुई विधेयक पनि आफूहरुकै कोशिसमा अघि बढेको उहाँले दाबीसमेत गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले आफ्नो पार्टीले सरकार छाड्ने कुरा बिल्कुलै गलत रहेको बताउँदै बाबुराम भट्टराईलगायत नेताहरु पार्टी छाडेर गए पनि वास्तविक माओवादी पार्टीमै रहेका छन् भन्नुभयो । रासस
-dainik nepal

No comments:

Post a Comment