Tuesday, January 5, 2016

राजेन्द्र महतोलाई ‘भिटामिन डी’को कमी

‘ब्लड–सुगर’ स्थिर रहेमा बुधबार डिस्चार्ज पाउने
पुस २१, २०७२- स्वास्थ्य परीक्षण एवं उपचारका लागि हरियाणाको मेदान्त अस्पतालमा रहेका नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य स्थिती सुधारोन्मुख छ ।

चार दिनअघि मेदान्तको अर्थो–ट्रमा युनिटमा भर्ना गरिएका महतोलाई भिटामिन–डीको कमी देखिएको र शारीरिक कमजोरीका कारण पोषणयुक्त खान्की चाहिने अस्पतालले सुझाएको छ । १० दिनअघि सिमावर्ती नाका जोगवनीमा धर्नामा रहेका बेला प्रहरीसँगको झडपमा घाइते भएका महतोलाई गत शुक्रबार साँझ काठमाडौंबाट दिल्ली ल्याइएको थियो । ‘नेता महतोको स्वास्थ्य स्थिती सामान्य बन्ने क्रममा छ । भोक हड्ताल वा शारीरिक कठीनाइ हुने कुनै काम गर्न नमिल्ने सल्लाह उहाँलाई दिइएको छ,’ अस्पतालका इन्टरनल मेडिसिन युनिटका डा. शुभांक सिंहले कान्तिपुरसँग भने ।

नेता महताको हातखुट्टाका विभिन्न ठाउँमा सुन्निएको र हातका औंलामा फ्र्याक्चर देखिएकाले सिटी स्क्यान, एक्सरे, एमआरआइ गरिएको थियो । महतोलाई रक्तचाप, सुगर, स्नायु रोगलगायतका ७ विज्ञ चिकित्सकले जाँच गरेका थिए । मेदान्तको अति विशिष्ट कक्षमा उपचाररत महतोसँग उनकी श्रीमती शैल महतो, पार्टी सहयोगी शैलेश शाह र स्थानीय पत्रकार पंकज दास रहेका छन् । महतोलाई अर्थोपेडिक्स, न्युरोलोजी र न्युरोसर्जरीको चिकित्सक समुहले दुई दिनसम्म ‘अब्जर्भेसन’मा राखेको थियो । अस्पताल स्रोतका अनुसार, ब्लड–सुगरको स्थिती पछिल्ला दिनमा झैं स्थिर रहेमा र स्वास्थ्य सुधारोन्मुख देखिएमा बुधबार महतोले अस्पतालबाट डिस्चार्ज पाउनेछन् ।
dainik online

No comments:

Post a Comment