Friday, January 8, 2016

मधेसी मोर्चाका नेता महन्थ ठाकुर बिरामी, हिँडडुल गर्न समस्या

काठमाडौं, २५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बिरामी पर्नुभएको छ ।

तराई मधेसका जनताको लागि भन्दै संघर्ष गर्दै आउनुभएका अध्यक्ष ठाकुर बिगत दस दिनदेखि खुट्टामा आएको समस्याले बिरामी पर्नुभएको हो । ठाकुरका सहयोगीका अनुसार उहाँका दुबै खुट्टा सुन्निने समस्या देखिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक करवीरनाथ योगीले उपचार गर्दै आउनुभएको छ । चिकित्सकहरूका अनुसार ठाकुरको खुट्टाको दुबै तिघ्राको मासु सुन्निने गरेको जनाएका छन् ।
अध्यक्ष ठाकुरका दुबै खुट्टामा भएको समस्याले हिँडडुल गर्न पनि गाह्रो हुने गरेको छ । उहाँलाई सहयोगीहरूले यताउता गराउने गरेका छन् ।

मधेस आन्दोलनको दौडधुप, बैठक, वार्ता आदिका कारण तानवमा रहँदै आउनुभएका अध्यक्ष ठाकुरलाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लैजाने तयारी गरेको स्रोतको भनाइ छ ।
- दैनिक नेपाल

No comments:

Post a Comment