|
|
काठमाडौं, २८ पुस । भारतका गृहमन्त्री राजनाथ सिंहले मधेस आन्दोलनप्रति चिन्ता व्यक्त गरेका छन् ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगको भेटवार्तामा भारतीय गृहमन्त्री सिंहले मधेस आन्दोलनप्रति चिन्ता जनाउँदै अडान छाडेर वार्तामा बस्न आग्रह गरेका छन् ।
सिंहले अहिले संशोधन प्रक्रियामा रहेको प्रस्ताव स्वीकार्दै थप सहमति र समझदारीका निम्ति अघि बढ्न सुझाव समेत महतोलाई दिएका छन् ।
सीमांकनलाई विस्तृत अध्यन गरेर टुंगो लगाउन सकिनेभन्दै हतार नगरी सहमतिमा आउनुपर्छ भन्दै महतोलाई गृहमन्त्री सिंहले सम्झाए । स्रोतका अनुसार महतोले केही परिमार्जन गरी संविधान संशोधन गरिए सहमतिमा आउन तयार रहेको बताएका थिए ।
-dainik nepal
|
|
No comments:
Post a Comment