|
|
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले कोठा नपाएको जानकारी गराएका छन् ।
नेपालको पूर्वप्रधानमन्त्री र राजनीतिक दलका शीर्ष नेताले काठमाडौंमा उपत्यकामा डेरा नपाउनु अपत्यारिलो र अझ झन डेरा खोज्दा घरधनिबाट अपमानित भएको भन्नु झनै अपत्यारिलो लागेपछि पूर्वप्रधानमन्त्री भट्टराईले ‘मैले डेरा पाएको छैन, डेरा खोज्दा अपमानित भएँ’ भनेर भनेपछि अब पत्याउनुपर्ने अवस्था आएको छ ।
हाल बस्दै आएको सानेपास्थित निवासबाट डेरा सर्न खोजेका बाबुरामले डेरा त पाएका छैनन् नै उल्टै घरधनिबाट अपमानित भइरहेका छन् ।
कोठा खोज्दा आफूले सास्ती भोगेको भन्दै बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौंमा केही हप्तादेखि डेरा खोज्दा बेहोर्नुपरेको सास्ती र अपमान देख्दा गम्दैछु विद्यार्थी, मजदूर, निम्न कर्मचारी र झन् दलितको के हालत होला ?’
बाबुरामको यस्तो जानकारीपछि नयाँ शक्तिमा खैलाबैला मच्चिएको छ । धेरैले उनलाई कोठा लिन आउन ट्वीटरबाटै जवाफ दिएका छन् ।
dainiknepal
|
|
No comments:
Post a Comment