Sunday, August 14, 2016

मोर्चाले तयार पार्यो भारतीय युवकसहित ६८ जना सहिदको सूची (सूचीसहित)

काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा मारिएका ६८ जना सहिदको सूची तयार गरेको छ । नेपाल सरकारले सहिद परिवारलाई क्षतिपूर्ती दिने घोषणा गरेसँगै मोर्चाले सरकारलाई बुझाउन सहिदहरुको सूची तयार गरेको हो ।

सहिदको सूचीमा पर्साको  विरगंजमा मारिएका भारतीय नागरिक आशिष कुमार रामको पनि नाम ३४ नम्बरमा समावेश गरिएको छ ।

सरकारसँग भएको सहमति अनुसार आइतबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा मोर्चाको बैठक बसेको थियो ।


बैठकबारे जानकारी दिँदै तमलोपाका उपाध्यक्ष वृशेषचन्द्र लालले आजको बैठकले ३० दलीय गठबन्धनले गरेको आन्दोलन, सेवा केन्द्र विस्तारको आन्दोलन, पहाडी भूभागमा सिमांकनको विरुद्धको आन्दोलन, सिम्रोनगढ आन्दोलन, मधेस आन्दोलन र कैलालीको टिकापुरमा भएको आन्दोलनका क्रममा मारिएकाहरुको सूची तयार गरेको बताए । यसमा कूल ६८ जनाको सूची रहेको उनले बताए ।

आन्दोलनमा भएको घाइतेहरुको सूची भने मोर्चाले तयार नगरेको उनले जानकारी दिए । आन्दोलनका क्रममा दूई हजारभन्दा बढी घाइते भएको र यसलाई सूचीकृत गर्न गाह्रो हुने भएको हुँदा यसको तर्जुमा गर्ने जिम्मा नेपाल सरकारलाई नै दिने उनले बताए । ‘हामीले सूची तयार गर्दा कोही छुटे भने विवाद हुने भएकाले हामीले त्यो जिम्मा सरकारलाई नै दिने निर्णय गरेका छौं,’ उनले भने । त्यस्तै मुद्दा लागेकाहरुको बारेमा अन्यौल रहेको हुँदा त्यसको सूची पनि आजको बैठकले तयार गरेन ।

यता, कैलालीमा भएको आन्दोलनका क्रममा एक दर्जन अझै हिरासतमा रहेकाले त्यसको सूची भने आजको बैठकले तयार गरेको छ ।


अब मधेसी मोर्चाले तयार गरेको सूची र गृहमन्त्रालयमा रहेको सूची रुजु गरेर क्षतिपूर्ती पाउन बाँकी रहेका मृतकका परिवारलाई रकम प्रदान गरिने छ ।

-rato pati

No comments:

Post a Comment