Friday, December 4, 2015

बालुवाटारको त्रिपक्षीय वार्तामा मधेसी मोर्चाका नेताहरु नजानुको रहस्य

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्माले आज अपराह्न बोलाएको त्रिपक्षीय वार्ता आन्दोलनरत मधेसी मोर्चा सहभागी नभएपछि स्थगित भएको छ ।

सत्तापक्ष, कांग्रेस र मोर्चाबीच वार्ता हुने भनिएपनि अन्तिम समयमा व्यस्त भएको भन्दै मोर्चाका नेताहरुले सहभागी हुन नसक्ने जनाएपछि वार्ता स्थगित भएको एमाले नेता माधवकुमार नेपालले बताए ।
तर, मधेसी मोर्चाले भने वार्तामा नजानुको अरुनै कारण बताएको छ । मोर्चाका नेता एवं सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले सर्लाहीमा सरकारले गरेको दमनको विरोधमा मोर्चाले वार्ता बहिष्कार गरेको बताए ।

उनले भने- सरकारको दमन रोकिएन् । सर्लाहीमा हाम्रो कार्यकर्तालाई गोली हानिएको छ । कयौं घाइते छन् । एक जना मारिएका छन् । यस्तो अवस्थामा हामी वार्ता सहभागी भएनौं ।’

कर्णले सरकारी दमनका कारण वार्तामा सहभागी नभएको बताएपनि भारतीय राजदूतावासमा छलफल नसकिएपछि मोर्चाका नेताहरुले वार्ता स्थगित गर्न लगाएको बालुवाटार स्रोतको दाबी छ ।
मोर्चाका नेताहरुले लैनचौरस्थित भारतीय दूतवासमा मधेस आन्दोलन मागबारे लामो छलफल गरेका छन् ।
-via dainik nepal

No comments:

Post a Comment